काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयमा दिउँसाे १ बजे बस्ने बैठकमा एउटा मात्रै सम्भावित कार्यसूची ताेकिएकाे छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
दाेस्राे पटक प्रतिनिधि पुर्नस्थापना भएपछिकाे यो चौथो बैठक हो ।
