काठमाडाैं । सांसद् नवराज सिलवालले वर्तमान सरकारकाे सुरुआत राम्राे नदेखिएकाे बताउनु भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् सिलवालले नयाँ सरकार बनेसँगै चारैतिर निराशा छाएकाे बताउनुभयाे । गठबन्धन सरकारका दु:खहरु अहिले सडकभरी छताछुल्ल पाेखिएका बताउँदै सिलवालले भन्नुभयाे - 'सरकारले अझै पूर्णता पाउन सकेकाे छैन, चुनाैतीहरु अग्लिएका छन्, अर्काेतिर कर्मचारीतन्त्रमा पूरै आतकं छाएकाे छ कसलाई ल्याउँने कसलाई हटाउने भन्नेबारे हाेटलहरुमा बैठक बसिरहेका छन्, यसले नयाँ सरकारसँगै निराशा व्याप्त भएकाे छ, सुरुआत राम्राे देखिएन ।'
प्रधानमन्त्री शेरबहादुर देउवाले राेस्टममा उभिएर आफ्नाे प्राथमिकतामा रहेकाे बताउनुभएपनि काममा भने एक्सन लिन नसक्नुभएकाे सांसद् सिलवालले बताउनुभयाे । काेभिडकाे तेस्राे लहर सुरु हुन े आँकलन भइरहेका बेला पनि सरकारले तयारी नगरेकाे भन्दै उहाँले ध्यानाकर्षण गराउनुभयाे ।
