काठमाडाैं । नेकपा एमालेकी सांसद् निरु पालले वर्तमान सरकारले काेभिडविरुद्धकाे खाेप व्यवस्थापन गर्न नसकेकाे बताउनु भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् पालले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले किनेर र अनुदानमा ल्याएकाे १ कराेड ३१ लाख खाेपबाहेक वर्तमान सरकारले अरु खाेप व्यवस्था गर्न नसकेकाे बताउनुभयाे । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आएकाे खाेप समेत व्यवस्थापन गर्न नसकेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'गठबन्धन सरकारले खाेप खाेप खाेप भनेपनि ओली सरकारले अनुदानमा र किनेकाे बाहेक १ कराेड ३१ लाख डाेज खाेप बाहेक हरु व्यवस्थापन गरेकाे जस्ताे लाग्दैन ।'
काेभिड पहिलाे र दाेस्राे लहरले जेष्ठ नागरिक र युवालाई तथा तेस्राे लहरमा बालबालिका प्रभावित हुने बताइरहेकाे भन्दै सांसद् पालले सबै जनतालाई पुग्नेगरी खाेप व्यवस्थापन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । काेभिडकाे तेस्राे लहर फैलँन नदिन थप तयारी गर्न पनि सरकारकाे पनि ध्यानाकर्षण गराउनुभयाे ।
