काठमाडौं । लुम्बिनी प्रदेशका तीन सांसद् पदमुक्त भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रतिनिधित्व गर्ने सांसद्त्रय सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त हुनुभएकाे प्रदेश सभा सचिवालयले आज सूचना निकालेर जानकारी दिएकाे हाे । उहाँहरु तीनै जना मुख्यमन्त्री शंकर पाेखरेल नेतृत्वकाे सरकारमा मन्त्री हुनुहुन्छ ।
पार्टीको निर्देशन नमानेको र प्रदेश सभामा पनि ह्विप नमानेको भन्दै जसपाले कारबाही गरेको थियो । निर्वाचन आयोगले पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि बिहीबार लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभालाई कारबाही पत्र लेखेको थियो ।
यसअघि पनि उहाँहरुमाथि कारबाही भएकोमा सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो ।
