काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाएर जानुपर्ने बताउनुभयो ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता बनाएर जानुपर्ने बताउनुभयाे । न्यूनतम् साझा कार्यक्रम र न्यूनतम आचारसंहिता बनाएर अघि बढ्न सरकारलाई सुझाव दिँदै उहाँले सहमतिको आधारमा सरकारले काम गर्नुपर्ने बताउनुभयाे ।
अहिले वाम प्रजातन्त्रको एकताको माहोल बनेको भन्दै उहाँले यसलाई अझै व्यवस्थित गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 'एउटा न्यूनतम कार्यक्रम, न्यूनतम साझा आचारसंहिता र सरकार सञ्चालनका लागि एउटा संयुक्त संयन्त्र निर्माण गरेर चाँडो भन्दा चाँडो अगाडि बढौं, यतिखेर वाम प्रजातान्त्रिक एकताको महोल बनेका छ, यसलाई अझै व्यवस्थित गरौं ।'
सरकारलाई धेरै चुनौती र जिम्मेवारी रहेको भन्दै सांसद् पाेखरेलले कोभिड, बाढी पहिराे लगायत समसामयिक छलफल आवश्यक रहेकाे बताउनुभयाे ।
