काठमाडाैं । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली नेकपा एमालेमै फर्कनुभएकाे छ ।
दाङबाट निर्वाचित प्रदेश सभा सदस्य वलीले साेमबार विज्ञप्ति निकालेर आफू एमालेमै रहेकाे उल्लेख गर्नुभएकाे छ । तत्कालीन नेकपाबाट प्रदेश सभा सदस्य निर्वाचित विमला एमाले र माओवादी ब्युँतिएपछि माओवादीमा जानुभएकाे थियाे ।
सूर्य चिह्नबाट चुनाव लडेर आफूले जितेकाे भन्दै विमलाले लेख्नुभएकाे छ - 'मैले सूर्य चिन्हबाट चुनाव जितेकाे र अहिले सूर्य चिन्ह एमालेकाे रहेकाले एमाले छाडेर माओवादी राेज्ने कुरा कानुनी रुपमा पनि ठिक नभएकाले एमालेमै रहेकाे स्पष्ट पार्दछु ।'
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि आफू एमाले संसदीय दलकाे बैठकमा उपस्थित भएकाे समेत विमलाले उल्लेख गर्नुभएकाे छ ।
