काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
दिउँसाे १ बजे बस्ने बैठकका लागि दुई वटा सम्भावित कार्यसूची तय गरिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । आठाैं अधिवेशनकाे छैटाैं बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६-०७७ काे वार्षिक प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा सभामुखले अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय छ । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सदस्य हाल कांग्रेस नेता अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा ०७८ साउन १५ गते निधन भएको थियो । उहाँको निधनप्रति संसदमा शोक प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।
