काठमाडाैं । सांसद् देवेन्द्रराज कँडेलले दार्चुला घटनाबारे नेपाल भारत संयुक्त छानबिन टोली बनाउनु पर्ने बताउनु भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद् कँँडेलले संयुक्त टाेली नबन्दा सत्यतथ्य लुक्नसक्ने बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'सीमाको विवादित घटनामा भारत र नेपालको संयुक्त टोली बताउनुपर्थ्याे, भारतले नै खोजी गरेको भनिएको छ, भारतले नै आफैं दोषी भनेर भन्ला ?'
प्रत्यक्षदर्शीका अनुसार महाकालीमा तर्ने बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेपछि दार्चुलाका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका थिए । साेही घटनाकाे विषयमा आज बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद्हरुले गृहमन्त्री बालकृष्ण खाँडलाई प्रश्न साेधेका थिए ।
