काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध मंगलबार दिउँसाे प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेकाे हाे । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
लुम्बिनीमा यसअघि पनि विपक्षीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । अविश्वास प्रस्तावमा ३४ जना प्रदेश सभा सदस्यको हस्ताक्षर छ । माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन अविश्वास प्रस्तावमा प्रस्ताव गरिएको छ ।
