काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधेयक पेस गर्नुहने कार्यसूची छ । प्रधानमन्त्री देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७६-२०७७ पेस गर्नुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री देउवाले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको तथ्यांक विधेयक २०७६ माथि छलफल गरियोस् भनि प्रस्ताव पेस गर्ने गर्नुहुने कार्यसूची पनि तय छ । तथ्यांक विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि उहाँले नै प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ माथि छलफल गरियोस् भनि प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ । साे प्रस्ताव पास गरियोस् भनि प्रधानमन्त्री देउवाले नै प्रस्ताव प्रस्तुत गर्नुहने संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा उर्जामन्त्री पम्फा भुसालले जलविद्युत विधेयक २०७७ पेस गर्नुहुने कार्यसूची रहेको पनि संसद् सचिवालयले जनाएकाे छ ।
