काठमाडाैं । राष्ट्रिय सभाबाट ‘तथ्यांक विधेयक, २०७८’ पारित भएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठकले साे विधेयक सर्वसम्मतिले पारित गरेको हाे । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साे विधेयकलाई पारित गरियोस् प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । साे प्रस्ताव सर्वसम्मतिले पारित भएकाे हाे ।
त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित बैठकमा विधेयकमाथि छलफल भएको थियो । छलफलमा सांसद्हरुले भाग लिएका थिए ।
