काठमाडौं । लुम्बिनी प्रदेशकाे प्रदेश सभाकाे विशेष अधिवेशन आगामी साउन २७ गतेका लागि बोलाइएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध दर्ता भएकाे अविश्वास प्रस्तावमाथि छलफल गर्न साउन विशेष अधिवेशन बोलाइएको प्रदेश सभा सचिवालयले बिहीबार सूचना निकालेर जानकारी दिएकाे हाे । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गर्नुभएकाे सूचनामा उल्लेख छ ।
कांग्रेस, माओवादी केन्द्र, जसपले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गर्दै विशेष अधिवेशन आह्वान गर्न माग गरेका थिए । विपक्षी गठबन्धनले बुधबार अविश्वासकाे प्रस्ताव दर्ता गरेका थिए ।
