काठमाडाैं । नेकपा एमालेकी सांसद् काेमल वलीले गठबन्धन सरकारकाे कामकारबाही प्रति कडा आपत्ति जनाउनु भएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् वलीले केपी शर्मा ओली नेतृत्वकाे सरकारलाई काम गरेन भनेर आराेप लगाउने वर्तमान सरकारले आफ्नाे हैसियत देखाएकाे बताउनुभयाे । 'केपी ओलीकाे सरकारले काम गर्न सकेन भनेर सबै मिलेर डंका पिट्नुभयाे, विणम्बना ! न मन्त्रिमण्डल बन्न सकेकाे छ, नत बनेकाे मन्त्रिमण्डल प्रभावकारी हुन सकेकाे छ, न मन्त्री बनेकाहरु विवादमुक्त हुनुहुन्छ, न साेसल मिडियामा प्रश्न नउठिकन बस्न सकेकाे देखिन्छ याे भन्दा हामी नेपालीका लागि विणम्बना, शुभचिन्तक र पार्टीका कार्यकर्ताका लागि विणम्बना अरु के हुन सक्छ ?'-काेमलले प्रश्न गर्नुभयाे ।
सरकारका साझा कार्यक्रम ल्याउन गठित सत्तारुढ कार्यदलकाे विषयमा पनि उहाँले आपत्ति जनाउनुभयाे । 'केपी ओलीकाे सरकारलाई औंला ठडाएर गुट्कनेहरु मिटिङमा मात्र व्यस्त हुनुहुन्छ कि काममा व्यस्त हुनुहुन्छ ? कार्ययाेजनामा व्यस्त हुनुहुन्छ कि जनतालाई डेलिभरी दिनमा व्यस्त हुनुहुन्छ ? भाषणमा मात्र व्यस्त हुनुहुन्छ कि भ्याक्सिन पुर्याउन व्यस्त हुनुहुन्छ ? जसरी सरकार परिवर्तनका लागि स्याल हुइँया भयाे त्यसकै लागि भनेर सरकारले एउटा कार्ययाेजना ल्याएकाे छ'- काेमलले भन्नुभयाे ।
संविधानअनुसार जनताबाट निर्वाचित सरकार, संरचना र संवैधानिक निकायहरु पृथक संरचना गराएर चलाउनु भनेकाे यति धेरै पार्टी मिलेर बनेकाे सरकार कति कमजाेर रहेछ भन्ने देखाउँने उहाँले बताउनुभयाे । कार्यदलले ल्याएकाे कार्ययाेजनाले यस्काे पुष्टि गरेकाे बताउँदै काेमलले भन्नुभयाे -'विधिका निम्ति लडेका पार्टीले यही हाे गर्ने, यही हाे क्षमता हाे सरकारकाे ? सल्लाहमा चल्ने कि निर्देशनमा ?'
जसले जे भनेपनि जस्ताे अर्थ लगाएपनि केपी ओलीलाई सरकारबाट निकालेपनि केपी ओली सरकारले संविधानअनुसार काम गरेकाे पनि उहाँले बताउनुभयाे । काेमलले भन्नुभयाे -'छुट्टै कार्यदलकाे छत्र छायाँकाे सरकार जनतालाई दिएकाे थिएन ।'
एक जना सांसद्ले अहिलेकाे राजनीतिक परिस्थिति सृजनामा हामी सबै जिम्मेवार छाैं भन्नुभएकाे बताउँदै काेमलले भन्नुभयाे - 'प्वाल परिसकेपछि त्याे कुरा जाेडिदैन भनिसकेपछि त्यसकाे महशुस र स्वीकार्यताले के अर्थ राख्छ ? वर्तमान र भावी पीडीले बुझ्नुपर्छ - एउटै पानीजहाजमा सयर गर्नेहरुलाई विनाविवेक जनताले विश्वास गरे,समर्थन गरे तिनिहरुले आफ्नै जहाजलाई प्वाल पारेर डुवाइसके भने अर्काे जहाज डुबाउदैनन् भन्ने के छ? जहाड डुबाइसकेपछिकाे रियलाइजेसनकाे अर्थ हुन्छ र ? वर्तमान र भविष्यले याे कुरा बुझ्नुपर्छ, जबसम्म बुझिदैन नेपालका धेरै जहाज डुबिरहनेछन्,धेरैकाे राजनीति मृत्यु भइरहनेछ ।'
मानवताकाे परिभाषा, छिमेकीकाे अर्थ र नेतृत्वकाे परिभाषा के हाे भन्ने प्रश्न गर्दै काेमलले भन्नुभयाे - '२१ औं शताब्दी गरिब जनताले सजिलाे रुपमा प्रयाेग गर्ने तुइन चढेर जाँदा एक मिटर मात्र बाँकी हुँदा तुइन काटेर नदीमा बग्नुपर्ने कुन मानवता हाे ? कुन सभ्यता हाे ? कुन छिमेकीकाे परिभाषा हाे ? यसमा बाेल्न नसक्ने पार्टीहरु पार्टीका नेता जसले आफूलाई वीपीसँग जाेड्छन्, यस्ताे संवेदनशील विषयमा सरकारले तुरुन्तै आफ्ना समकक्षीसँग कुरा गर्नुपर्थ्याे, यसलाई टार्नलाई समिति गठन गरेकाे कुरा आयाे ।'
हामी वीपीका अनुयायीहरु हाैं भन्नेलाई काेमलले कडा जवाफ दिँदै भन्नुभयाे - 'भारत र चीनकाे नेतृत्वसँग अब्जेक्सन जनाएर उनीहरुकाे बाेलीलाई विड्र गराउने वीपी काेइराला कहा गयाे त्याे इतिहास त्याे स्तर ? के कम्फटेबल भनेकाे यही हाे ?' नेपाली जनताकाे अपमान हुँदा तुइन काटेर एउटा युवा मारिदा एक शब्द नबाेल्ने ? समिति बनाएर टार्ने ? यही हाे वीपीका अनुयायीहरुकाे चरित्र ?'
याे वीपीमाथिकाे अपमान मात्र नभएर इतिहास, स्वाभिमान र मानवतावादकाे अपमान भएकाे काेमलकाे भनाइ छ । प्रत्यक्षदर्शीले तुइन काटिदिएकाे भन्दा रिपाेर्ट कुर्नु गलत भएकाे बताउनुभयाे । समयलाई चिन्न नसक्ने र कतिबेला कसकाे सरकार गिर्छ भनेर पर्खनेहरुले मुलुककाे रक्षा गर्न नसक्ने उहाँले बताउनुभयाे ।
खाना नाना र छानाका लागि पर्खिरहेका सुकुम्बासीकाे सपना भत्काउँदै भूमिसम्बन्धी समस्या समाधान आयाेग खारेज गर्नु निर्लज्ज अरु केही नभएकाे बताउनुभयाे ।
