काठमाडाैं । निर्वाचन आयोगकाे वार्षिक प्रतिवेदनसहित दुई वटा विधेयक राष्ट्रिय सभामा पेस भएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले 'निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६-०७७' सभा समक्ष पेस गर्नुभएकाे हाे ।
प्रधानमन्त्री देउवाकै तर्फबाट मन्त्री कार्कीले 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७' सभा समक्ष पेस गर्नुभएकाे छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'लोक सेवा आयोग विधेयक, २०७५' लाई सभा समक्ष टेबुल गर्नुभएकाे छ ।
