काठमाडाैं । राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले दार्चुला घटनाबारे सरकारले आलटाल गरिरहेकाे बताउनु भएकाे छ ।
शुक्रबार बसेकाे राष्ट्रिय सभाकाे बैठककाे विशेष समयमा बाेल्दै सांसद् कुँवरले भारतीय एसएसबीले तुइन काटिदिँदा जयसिंह धामी महाकालीमा वेपत्ता भएकाे घटनामा ठाेस कदम चाल्न सरकारले आलटाल गरिरहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'भारतीय एसएसबीले मानव अधिकारकाे हनन गर्दै अन्तराष्ट्रिय सन्धी विपरित तुइन काटेर एउटा नेपाली युवालाई महाकालीमा वेपत्ता बनाएकाे छ,कानुनकाे भाषामा भन्ने हाे भने एसएसबीले तुइन काटिएकाे देख्ने ६-७ जना चस्मादित छन्, एसएसबीले तुइन काट्दा जयसिंह वेपत्ता भएका हुन् भनेर उनीहरुले भनिरहेका छन्, तर सरकारले ठाेस जवाफ दिन सकेकाे छैन, आलटाल गरिरहेकाे छ,लर्याङलुरुङ गरिरहेकाे छ,ठाेस पहल गराेस् ।'
तत्काल एसएसबीका जवानलाई कारबाही गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयाे । भारतीय दादागिरीका कारण दार्चुला जस्ता घटना घटना विगत देखि नै भइरहेका भन्दै उहाँले भारतीय दादागिरीविरुद्ध कदम चाल्न पनि सुझाव दिनुभयाे । आर्थिक हिसाबले ठूलाे सानाे भएपनि स्वाभिमान र सार्वभाैमिकताका हिसाबले सबै देश बराबर हुने कुँवरकाे भनाइ छ ।
बाढी पहिराे प्रभावितलाई राहत र पुर्नस्थापनामा ध्यान दिन पनि उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
