काठमाडौं । राष्ट्रिय सभा सदस्य अगमप्रसाद वान्तवा राईले संघाई समूहले पूर्वका सात वटा चिया बगानको रकम नतिरेको भन्दै त्यसमा ध्यान दिन सरकारसँग माग गर्नुभएको छ ।
बगानले सरकारलाई तिर्नु पर्ने रकम पनि नतिरेको र मजदुरलाई समेत न्युनतम ज्याला नदिएको प्रति उहाँले आपत्ति जनाउनुभयो । ‘अहिले चियाबगानले मजदुरलाई अप्ठेरोमा पारेका छन्’, उहाँले भन्नुभयो । मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांस्द राईले लिजमा लिएको चिया बगानको रकम हालसम्म सरकारलाई नबुझाउने कम्पनीलाई कारबाही गरी रकम अहुसीली प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।
सांसद् राईले इलामको ऐतिहासिक चिया बगानको अस्तित्व नै संकटमा परेकोले त्यसको संरक्षणमा लाग्न सरकारसँग माग गर्नुभयो ।
