काठमाडाैं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले परमादेश र कम्फरटेबल शब्द पुरानाे भइसकेकाे बताउनु भएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकाे विशेष समयमा बाेल्दै उहाँले भन्नुभयाे - 'कम्फरटेबल सरकार र परमादेशकाे सरकार भन्ने कुरा उठेकाे छ,अब याे पुरानाे भइसक्याे ।' एमालेकाे एउटा हिस्साले मात्र यसाे भन्ने गरेकाे उहाँकाे भनाइ छ ।
नेकपा एमालेले डीएन परीक्षण गराएर भूमि आयाेग बनाएकाे मायानाथले गम्भीर आराेप लगाउनुभयाे । साे आयाेगमा माधव गुट र माओवादी सरकारमै रहँदा पनि काेही पनि साे आयाेगमा सदस्य नरहेकाे मायाप्रसादले बताउनुभयाे । भूमिहीन सुकुम्बासीकाे समस्या समाधान गर्न सर्वपक्षी आयाेगकाे खाँचाे रहेकाे पनि उहाँले बताउनुभयाे ।
आफूहरु ठूलाे संघर्षबाट गणतन्त्र,संघीयता धर्मनिरपेक्षता समावेशी र समानुपातिक प्रणालीमा राज्य सञ्चालन गर्ने अभियानमा रहेकाे भन्दै उहाँले त्याे एजेण्डा कसै कसैलाई मन नपरेकाे बताउनुभयाे ।
