काठमाडाैं । नेकपा एमालेका सांसद् खिमलाल भट्टराईले केपी ओली राजनेता भएकाले पुन: फर्किएर आउने बताउनु भएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै उहाँले सडक, चाेक, सदन र सरकार सबैतिर केपी ओलीकै प्रभाव रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'देशले एउटा राजनेता जन्माएकाे छ र त्याे राजनेतालाई पराजित गर्न सम्भव छैन, त्याे राजनेता फर्केर आउँछ ।'
केपी ओलीलाई कसरी हटाइयाे भन्ने जनताले छर्लंग बुझेका पनि उहाँले बताउनुभयाे । 'नेपालले विकासमा फड्को मार्छ, जनताको जीवन बद्लिन्छ भन्ने थियो, जसबाट आशा गरिएका थियो उसलाई घेराबन्दी गरियो, गुटबन्दीबाट उसलाई हटाउने काम भयो, मुद्दा मामिलाबाट हटाउने काम भयो, ढोकाबाट हैन, झ्यालबाट हटाउने काम भयो, आज जनताले पनि चोकचोकमा यही चर्चा गरेको पाउँछौँ'-खिमलालकाे भनाइ छ ।
केपी ओलीकाे निष्ठामाथि बारम्बार प्रहार भइरहेकाे उहाँले बताउनुभयाे । गणतान्त्रिक आन्दाेलनकाे नेता केपी ओली, सडककाे नेता केपी ओली अनि केपी ओलीकाे निष्ठामाथि कसरी प्रश्न उठ्याे ? उहाँले प्रश्न गर्नुभयाे ।
