काठमाडाैं । राष्ट्रियसभामा 'रेल्वे विधेयक, ०७६' सम्बन्धी प्रतिवेदन पेश गरिएको छ ।
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो । यस्तै गुरुङले 'प्रत्यायन (एक्रिडिटेशन) विधेयक, ०७६' सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश गर्नुभयो ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले 'सार्वजनिक सेवा प्रसारण विधेयक, ०७७' राष्ट्रियसभा समक्ष पेश गर्नुभयो ।
– रासस
