काठमाडौं । नेकपा एमालेका सांसद् शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्नुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बोल्दै सांसद् तामाङले बाढी र पहिरोबाट अत्यन्तै प्रभावित मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त घोषणा गरेर राहत प्याकेज लैजान सरकारसँग माग गर्नुभयाे ।
मेलम्चीमा अहिलेसम्म सरकार पुग्न नसकेकाे भन्दै उहाँले विगतमा एमाले नेतृत्व सरकार तत्कालै साे क्षेत्र पुगेर राहत प्याकेजका कार्यक्रम सञ्चालन गरेकाे स्मरण गराउनुभयाे । उहाँले भन्नुभयाे - 'मेलम्ची र हेलम्बु क्षेत्र रोइरहेको छ, सरकार पुगेको छैन र राहतको नाममा एक गेडा चामल र एउटा टेन्ट सम्म पुगेको छैन, छिटो भन्दा छिटो संकटग्रस्त गरेर राहत र पुर्नस्थापनाकाे प्याकेज ल्याउन माग गर्छु ।'
केही नेता गएर याे पनि म गर्छु त्याे पनि म गर्छु प्रचारवाजी गरेका पनि उहाँले बताउनुभयाे ।
