काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असामान्य ढंगले सरकार बनेपछि सत्ता गठबन्धनका नेता हौसिइरहेका बताउनु भएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै उहाँले सत्ता गठबन्धनका नेतम दशैंमा केटाकेटी आँगनमा नाचेजस्तो नाचिरहेको बताउनुभयाे । उहाँले भन्नुभयाे - 'लाेकतन्त्रमा सरकार परिवर्तन सामान्य कुरा हाे, तर असामान्य ढंगले सरकार परिवर्तन भएकैले हाेला सत्ता गठबन्धनका मित्रहरु असाध्यै हाैसिनुभएकाे छ, दशैं आएजसरी केटाकेटी आँगनमा नाचेजस्तै नाच्दा ठिक्क छ ,करिब एक महिनासम्म पनि धन्यवाद र बधाई पाइरहेकाे छ सरकारले, सायद केही नगरेकाे भएर हाेला ।'
सरकारले एक महिनासम्म केही काम नगरेको उहाँले बताउनुभयाे । सुकुम्बासी आयाेग बन्द गरेर तिनिहरुकाे घाँटी सेर्ने काम गरेकाले सरकारले केही नगरेकाे भन्न नमिल्ने पनि बताउनुभयाे ।
