काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको रेल्वे विधेयक, २०७६ छलफलका लागि र रेल्वे विधेयक, २०७८ पारितको लागि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ माथि छलफल गरियोस् भनि प्रधानमन्त्री देउवाले प्रस्ताव प्रस्तुत गर्नुहने कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ । प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुने कार्यसूची छ ।
