काठमाडौं । लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु भएको छ ।
प्रदेश सभाकाे विशेष अधिवेशनकाे पहिलाे बैठकमा मुख्यमन्त्री शंकर पाेखरेलविरुद्ध ल्याइएकाे अविश्वास प्रस्ताव पेस भएकाे छ । यद्यपि मुख्यमन्त्री पोखरेलले राजीनामा दिइसक्नु भएकाे छ । राजीनामा आएको जानकारी प्रदेश प्रमुखले फोनमार्फत दिनुभएकाे सभामुख पूर्णबहादुर घर्तीले सदनमा जानकारी दिनुभयाे ।
कांग्रेस सांसद् वीरेन्द्रकुमार कनौडियाले अविश्वास प्रस्ताव पेस गर्नुभएकाे हाे । मुख्यमन्त्रीकाे राजीनामाबारे टिप्पणी गर्दै सांसद् कनौडियाले मुख्यमन्त्रीले राजीनामा दिएर बचेखुचेको लाज जोगाउनुभएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'देर आयो दुरुस्त आयो, कमसेकम बचेखुचेको लाज उहाँले बचाउनुभयो, त्यसका लागि मुख्यमन्त्रीलाई धन्यवाद दिन चाहन्छु, यही कुरा उहाँले १०-२० दिन अघि गरिदिनु भएको भए उहाँको राजनीतिक हाइट धेरै माथि हुन्थ्यो ।'
अहिले विपक्षी गठबन्धनका सांसद्हरुले अविश्वास प्रस्तावमाथिकाे छलफलमा बाेलिरहेका छन् ।
