काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल ओलीले पुष्पलाल, बीपी र मदन भण्डारी कसैको पेवा नभएको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै ओलीले पृथ्वीनारायण शाहदेखि पुष्पलाल, बीपी, गणेशमान र मदन भण्डारीसम्म नेपालको पहिचान र सम्पत्ती भएको बताउनुभयो । ‘उहाँहरुलाई सम्मान र आदर्श गर्न कुनै सिमाले रोक्दैन, उहाँहरुले गरेको योगदानलाई कुनै व्यक्ति वा पार्टीले संकुचित गर्न पाइन्छ ?’, उहाँले भन्नुभयो ।
जसले देशको निर्माण गरे, विचार दिए, दृष्टिकोण दिए तिनीहरुलाई सत्ता पक्ष र प्रतिपक्षमा हेर्न नहुने उहाँले बताउनुभयो । इतिहास बंग्याउन खोज्नेलाई बेइमान भनिने बताउँदै इतिहास कसैले बंग्याउन नहुने उहाँले बताउनुभयो ।
उहाँले भ्रष्टारका धेरै कुरा भएको बताउँदै त्यसको निष्पक्ष छानविन गर्न माग गर्नुभयो । सबैले सबैलाई देखेको बताउँदै उहाँले को कहाँ थियो अहिले कहाँ पुग्यो भन्ने सबैलाई थाहा भएको बताउनुभयो ।
उहाँले केपी ओलीमा विकासको प्रष्ट दृष्टिकोण भएको बताउँदै उहाँको कार्यकालमा धेरै काम भएको बताउनुभयो । अहिले सरकारलाई काम गर्न कसले रोक्यो भन्दै उहाँले केपी ओली पहिलाका सरकारले किन काम नगरेको भन्दै आलोचना गर्नुभयो । उहाँले अहिलेको सरकारलाई काम गरेर देखाउन आग्रह गर्नुभयो ।
