काठमाडाैं । लुम्बिनी प्रदेश सभाकाे बैठक एक घण्टाका लागि स्थगित भएकाे छ ।
सभामुख पूर्णबहादुर घर्तीले एक घण्टापछि बैठक पुन: बस्ने जानकारी गराउँदै बैठक स्थगित भएकाे जानकारी दिनुभएकाे हाे । अर्को बैठक दिउँसा् पौने ३ मा बस्नेछ । बैठकमा सत्तारुढ नेकपा एमाले अनुपस्थित भएकाे थियाे ।
बुधबारदेखि सुरु भएकाे प्रदेश सभाकाे विशेष अधिवेशनकाे पहिलाे बैठकमा मुख्यमन्त्री शंकर विरुद्ध अविश्वास प्रस्ताव पेस भएकाे छ । बैठककाे सुरुमै सभामुख घर्तीले मुख्यमन्त्री पाेखरेलले राजीनामा दिनुभएकाे जानकारी गराउनुभएकाे थियाे । यद्यपि उहाँ विरुद्ध अविश्वास प्रस्ताव पेस गरिएकाे छ । अविश्वास प्रस्तावमाथि गठबन्धनका सांसद्हरुले आ आफ्नाे विचार राखिसकेका छन् ।
