काठमाडौं । राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले सरकारले पहुँचको आधारमा कोभिड विरुद्धको खोप लगाउने गरेको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै भट्टराईले अहिलेको सरकारले निर्वर्तमान सरकारले ल्याएको खोप समेत व्यवस्थित रुपमा लगाउन नसकेको बताउनुभयो । ‘अरुले ठीक पारेको खोप समेत लगाउन नसक्ने सरकारसँग के आशा गर्न सकिन्छ र’, उहाँले भन्नुभयो ।
कोभिड संक्रमण बढि रहेको भए पनि त्यसको नियन्त्रणमा सरकारको ध्यान नपुगेको उहाँले बताउनुभयो । ‘रोकथामको सरकारी तयारी देखिँदैन’, उहाँले भन्नुभयो ।
अघिल्लो सरकारले आइसोलेसन, आईसीयू, अक्सिजन लगायतको व्यवस्था गरेको भए पनि त्यसको व्यवस्थापनमा अहिलेको सरकारको ध्यान नगएको उहाँले बताउनुभयो । अहिले पनि आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप बढेर महामारी भयानक बन्दै गएको प्रति उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री परिषद् विस्तार नहुँदा एक महिना त्यसै बितेको उहाँले बताउनुभयो । मन्त्रालयमा जाँदा मन्त्री नआइ कुनै काम नहुने भन्दै सबै काम अड्काउने गरिएको उहाँको भनाइ छ । यो सरकारबाट के आशा गर्ने यो परमादेशको सरकार भागशान्ति जयनेपालमा नै टुंगिने जस्तो छ’, उहाँले भन्नुभयो ।
