काठमाडौं । राष्ट्रिय सभा सदस्य कविता बोगटीले केपी ओली नेतृत्वको सरकारले सुरु गरेको लोककल्याणकारी कामको जग अहिलेको सरकारले भत्काएको बताउनुभएको छ ।
बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै बोगटीले भूमि आयोग विगठन गरी सरकारले लोकल्याणकारी कामका विरुद्ध प्रहार गरेको बताउनुभयो । ‘आफूलाई लोकतान्त्रीक, संवैधानिक र प्रजातान्त्रीक सरकारको दुहाई दिने तर आफ्नो वर्गीय चरित्र देखाउने काम भएको छ’, उहाँले भन्नुभयो ।
महिला भएकै कारण राष्ट्रपति माथि समेत होच्याउने र अपमान गर्ने शब्दावली प्रयोग गरिने गरेको उहाँले बताउनुभयो । यस्ता गतिविधिले सबै महिला माथि अपमान भएको बोगटीको गुनासो छ ।
कर्णालीको भविष्य जोड्ने कर्णाली करिडोर अन्तर्गत हुम्ला सदरमुकाम पुग्ने सडक निर्माण कार्य अन्तिम चरणमा पुगेकोले त्यसको निर्माण कार्यलाई तदारुकताको साथ अघि बढाउन पनि उहाँले माग गर्नुभयो ।
