काठमाडाैं । लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएपछि बैठक स्थगित भएकाे हाे । मुख्यमन्त्री पोखरलविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल गर्न आज विशेष अधिवेशन बाेलाइएकाे थियाे ।
मुख्यमन्त्री पाेखरेल आज दिउँसाे राजनीमा दिनुभएकाे हाे । उहाँकाे राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरिसक्नुभएकाे छ ।
मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएकाे पत्र प्राप्त नभएकाे भन्दै विशेष अधिवेशनकाे पहिलाे बैठक अगाडि बढाइएकाे थियाे । बैठकमा अविश्वासकाे प्रस्ताव पेस भएकाे थियाे । साे प्रस्तावमाथि विपक्षी गठबन्धनका सांसद्हरुले आफ्नाे विचार राखेकाे थिए । बैठकमा सत्तारुढ एमाले भन सहभागी थिएन । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले एक घण्टाका लागि बैठक स्थगित गर्नुभएकाे थियाे ।
प्रदेश सभाकाे दाेस्राे बैठकमा सभामुख घर्तिले मुख्यमन्त्रीकाे राजीनामा पत्र पढेर सुनाउनुभयाे । नयाँ सरकारका लागि सूचनापत्र जारी हुने जानकारी दिँदै उहाँले बैठक स्थगित गर्नुभयाे । विशेष अधिवेशन आजै अन्त्य गर्ने तयारी गरिएकाे छ ।
