काठमाडाैं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले दाबी पेस गरेकाे छ ।
माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री बनाउन गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिहीबार दाबी दावी पेस गरेकाे हाे । नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनका सांसद्हरुले प्रदेश प्रमुखकाे कार्यालय पुगेर ४२ जनाकाे हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलले बुधबार दिनुभएकाे राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएकाे छ ।
दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि प्रदेश प्रमुख शेरचनले आज दिउँसाे ३ बजेसम्मकाे समय दिनुभएकाे छ । कांग्रेस र माओवादीबीच ८-८ महिना सरकारको नेतृत्व गर्ने सहमति समेत भएकाे बताइएकाे छ ।
