काठमाडाैं । राष्ट्रिय सभा सदस्य काेमल वलीले कक्षा १२ का विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभाकाे शून्य समयमा बाेल्दै सांसद् वलीले तत्काल वैकल्पिक उपाय अपनाएर जसरी भएपनि कक्षा १२ का विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन माग गर्नुभयाे । सरकारले शिक्षामन्त्री नियुक्त गर्न नसक्दा त्यसकाे असर शिक्षा क्षेत्रमा परेकाे बताउँदै ओलीले प्रश्न गर्नुभयाे - 'म प्रधानमन्त्रीज्यूलाई साेध्न चाहान्छु, भागबण्डा नमिलेर हाेकी अहिलेसम्म शिक्षामन्त्री नियुक्त गर्नुभएकाे छैन ?त्यसकाे प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेकाे छ ।'
कक्षा १२ का ४ लाख बढी विद्यार्थीकाे भविष्य अन्धकार भएकाे बताउँदै काेमलले भन्नुभयाे । '१२ कक्षाका ४ लाख बढी विद्यार्थीले जाँच दिन पाएका छैनन्, उनीहरुकाे भविष्हय अन्धकार बन्दैछ, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हुन्छ कि, वैकल्पिक बाटाेबाट हुन्छ कि, सबै विद्यार्थीलाई खाेप दिएर हुन्छ, उनीहरुलाई परीक्षा दिने लिने व्यवस्था हाेस्, ती विद्यार्थीकाे भविष्य हेरियाेस् ।'
