काठमाडाैं । राष्ट्रिय सभा सदस्य उदया शर्मा पाैडेलले कक्षाका १२ विद्यार्थीलाई काेभिड खाेप दिएर परीक्षा दिने व्यवस्था मिलाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय बैठककाे भून्य समयमा बाेल्दै सांसद् पाैडेलले भन्नुभयाे विश्वविद्यायकाे परीक्षा सञ्चालन भइरहँदा कक्षाकाे मात्र स्थगित गर्नुभन्दा ती विद्यार्थीलाई खाेपकाे व्यवस्था गरी यथाशीघ्र परीक्षा लिन म आग्रह गर्छु ।'
राष्ट्रिय परीक्षा बाेर्डले एक्कासी परीक्षा स्थगित गरेकाे असन्तुष्टि जनाउँदै उहाँले भन्नुभयाे - 'जेठ मा हुने परीक्षा काेभिडकै कारण स्थगित भएकाे थियाे,साउन ३१ गतेदेखि हुने परीक्षाका लागि ४ लाख विद्यार्थी तयारी गरेर बसेका थिए । एकाएक परीक्षा सेथगित हुँदा विद्यार्थी विद्यार्थीहरु अन्याेलमा परेका छन् ।' अन्तिम अवस्थामा निर्णायक तहमा बसेका सीसीएमसी लगायत कुनै पनि बिस्तृत अध्ययनबिना हठात परीक्षा स्थगित गर्नु उचित नभएकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे -'यस्ता निर्णयले लाखाैं विद्यार्थीकेा मनाेविज्ञानमा के असर पर्छ ? सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्छ की पर्दैन ?'
