काठमाडाैं । राष्ट्रिय सभा सदस्य विमला राई पाैड्यालले श्वेतपत्रमा भारतीय नाकाबन्दीले अर्थतन्त्रमा पारेकाे प्रभावबारे उल्लेख नभएकाे भन्दै सरकारकाे ध्यानाकर्षण गराउनु भएकाे छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएकाे 'देशकाे वर्तमान आर्थिक अवस्थाकाे जानकारी' सम्बन्धी विषयमा प्रश्न राख्दै विमलाले भारतीय नाकाबन्दीले देशकाे अर्थतन्त्रमा परेकाे असरबारे उल्लेख नभएकाे बताउनुभयाे । अर्थतन्त्रमा आज गरेकाे काम भाेलि नदेखिने र त्याे देखिन समय लाग्ने विमलाले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'अर्थमन्त्रीले भूकम्पदेखि काेभिडसम्मकाे घटना ल्याउनुभयाे, तर ४ महिना बढी भारतले गरेकाे नाकाबन्दी र त्यसले अर्थतन्त्रमा असर गरेकाे कुरा छुट्याे, नियतवस पक्कै छुटेन हाेला, भारतले गरेकाे नाकाबन्दीले १४ वर्ष देखिकै सबैभन्दा कम ० दशमलव ७७ जिडिपी ग्राेथ ल्याएकाे थियाे, त्यसकाे असर अहिले पनि परिराखेकाे छ, त्यस्ता कुरालाई यस्ता महत्वपूर्ण डकुमेन्टमा छुटाउनुहुँदैन ।'
काेभिडकाे कारणले एकातिर राजस्व कम हुने र अर्काेतिर खर्च बढ्ने त्यसकाे कारणले सञ्चिति बढ्ने कुरा सबैलाई थाहा हुने उहाँले बताउनुभयाे ।
