काठमाडौं । प्रतिनिधि सभा सदस्य गणेश पहाडीले वर्तमान सरकाले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमिमा समस्या भएको भनेर संसदको अपमान गरेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै संसद्ले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको भएको भनि नक्सा समेत प्रकाशित गरी सर्वसम्मतीले पास गरेको अवस्थामा वर्तमान सरकारले भने कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भन्न नसकेको बताउनुभयो ।
सरकारको न्युतम कार्यक्रममा सो भूभागलाई समस्याको रुपमा मात्र उल्लेख गरिएको उहाँले बताउनुभयो । ‘कालापनी लिपुलेक र लिम्पियाधुराको भूभागलाई समस्याको रुपमा उल्लेख गर्नु भनेको गरिमामय संसद् प्रतिको अपमान हो, कालापनी लिपुलेक र लिम्पियाधुराको भूभाग हाम्रो हो भन्न र कुटनीतिक पहलबाट समस्या समाधान गर्छु भन्न यो सरकार किन खुट्टा कमाइरहेको छ’, उहाँले भन्नुभयो ।
