काठमाडौं । प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले अफगानिस्थानमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै अधिकारीले अफगानीस्थानमा रहेका नेपालीको त्यहाँ आर्तनाद रहेको बताउनुभयो । सरकारले उनीहरुलाई फिर्ता ल्याउने विषयमा ध्यान नदिएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
उहाँले ती नेपालीलाई फिर्ता नल्याएसम्म सरकारलाई काम गर्न नदिने चेतावनी दिनुभयो । ‘नेपाली नफर्काएसम्म सरकारले संसदमा काम गर्न सक्ने छैन, उनीहरुलाई अविलम्ब नेपालमा सुरक्षित अवतरण गराइयोस्’, उहाँले भन्नुभयो ।
