काठमाडाैं । प्रमुख प्रतिपक्षी सांसद् सूर्यप्रसाद पाठकले खाेपकाे वास्तविक तथ्यांक सार्वजनिक गर्न माग गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् पाठकले प्रश्न गर्नुभयाे - 'स्वास्थ्य राज्यमन्त्रीज्यूले १ कराेड ८ लाख ६० हजार खाेपकाे व्यवस्था गरिएकाे भन्नुभयाे,तपाईंकाे पालामा कति भयाे ? अघिल्लाे सरकारले कति ल्यायाे तथ्यांक प्रस्तुत गर्नहाेला, करिब ६ हजार सिलिण्डर थपिएकाे भन्नुभयाे तपाईंका पालामा कति थप्नुभयाे अघिल्लाे सरकारका पालामा कति थिए ?'
निजी अस्पतालले चर्काे शुल्क लिएकाे भन्दै पीडितहरु राेइरहेकाे अवस्था देखिएकाे भन्दै सांसद् पाठकले यसकाे अनुगमन गर्न सरकारकाे ध्यानाकर्षण गर्नुभयाे । कहिले भैंसी गाेठमा कहिले कहाँ खाेप भेटिएकाे बताउँदै उहाँले भन्नुभयाे - 'खाेपमा पनि भन्सुन नै चल्न लागेकाे हाे ?'
