काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसाे १ बजे बस्ने बैठकमा सांसद् प्रेम सुवालले 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुनेछ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले 'बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
सांसद् सुवालले 'विनियोजन अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुनेछ । अर्थमन्त्री जनार्दन शर्माले 'विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सांसद् सुवालले 'आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुने कार्यसूची छ । अर्थमन्त्री शर्माले 'आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची पनि रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
सांसद् सुवालले 'राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्' भन्ने सूचना प्रस्तुत गर्नुहुने कार्यसूची छ । अर्थ मन्त्री शर्माले 'राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएकाे छ ।
