काठमाडौं । प्रतिनिधि सभा सदस्य दलबहादुर रानाले सरकारले भूमिहीन आयोग खारेज गरेकोमा आपत्ति जनाउनुभएको छ ।
भूमिहीनलाई जग्गा दिने काम रफ्तारमा सुरु गर्न लागेको बेला आयोग नै विघटन गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । एक महिनासम्म मन्त्री समेत नियुक्त गर्न नसक्ने सरकारले देशभरि भूमि आयोग बनाएर जग्गा वितरण गर्ने कुरा सोच्न नसकिने उहाँले बताउनुभयो । सयकारसँग यो कुरा आशा गर्न नसकिने उहाँको भनाइ थियो ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रानाले यसले जनतालाई निराश बनाउने काम गरेको बताउनुभयो । यो कार्य जग्गाधनी पूर्जा वितरणमा ढिलाई गर्ने नियतका साथ भएको उहाँले बताउनुभयो । ‘जनतालाई जग्गा नदिने, जग्गा दिने आश्वासन देखाएर भोट मात्र लिने सरकारको आशय देखिन्छ’, उहाँले भन्नुभयो ।
