काठमाडौं । प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले दार्चुला घटना भएको १५ दिन बित्दापनि जयसिंह धामीको सास र लास फेला नपरेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै भण्डारीले भारतीय सुरक्षाकर्मीले तुइन काटेर उहाँलाई महकाली नदिमा खसालेको १५ दिन बित्दा पनि सरकार नबोलेको भन्दै आपत्ति प्रकट गर्नुभयो । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा फौजले तुइन काटेको बताइरहेको बेला भारतीय पक्षले भने घटनामा आफ्नो संलग्नता नरहेको जनाएको उहाँले बताउनुभयो ।
घटनाको अध्ययन गर्न १० दिनको समय दिएर गठन गरिएको छानविन समितिको पनि म्याद सकिइसकेको उहाँले बताउनुभयो । १५ दिन हुँदासम्म सरकारको तर्फबाट कुनै कुटनीतिक प्रहल भएको छैन, कुनै वार्तासंवाद भएको छैन, सुदुरपश्चिम आज सोकमग्न छ’, उहाँले भन्नुभयो ।
