काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशलाई टेबल गरिएको छ ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, ०७६’ र ‘तथ्यांक विधेयक, ०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गर्नुभएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ३२ गते दिउँसो १ बजे बस्नेछ ।
–रासस
