काठमाडाैं । लुम्बिनी प्रदेश सभाको अधिवेशन भदाै १ गतेका लागि आह्वान गरिएकाे छ ।
प्रदेश प्रमुख अमिक शेरचनले आगामी भदौ १ गतेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेश प्रमुख शेरचनले भदौ १ गते दिउँसो १ बजे अधिवेशन आह्वान गर्नुभएकाे प्रदेश सभा सचिवालयले शनिबार सूचना निकालेर जानकारी दिएको हाे ।
विशेष अधिवेशन अन्त्य भएको भोलिपल्टै नियमित अधिवेशन आह्वान गरिएको हो । प्रदेश सभाको विशेष अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएकाे थियाे ।
एमाले नेतृत्वकाे सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरेकाे थियाे । तत्कालीन मुख्यमन्त्री शंकर पाेखरेलले राजीनामा दिएपछि अहिले लुम्बिनीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नेतृत्वकाे गठबन्धन सरकार छ ।
