काठमाडाैं । वाग्मती प्रदेश सभाकाे बैठक भदाै १ गते बस्ने भएकाे छ ।
प्रदेश सभाकाे आठाैं अधिवेशनकाे २२ औं बैठक भदाै १ गते दिउँसाे २ बजेका लागि बाेलाइएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । प्रदेश सभा सचिवालयले सूचनामार्फत आइतबार साे जानकारी दिएकाे हाे ।
बजेट पारित भएपछि गत असार २८ गते प्रदेश सभाकाे बैठक स्थगित भएको थियाे ।
