काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला विश्वकर्माले सरकारले जयसिंह धामीको हत्या घटनामा भारतसँग स्पष्ट कुरा राख्न नसकेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा बाल्दै बीकले तुइन काटेर धामीलाई भारतीय सुरक्षार्कीले महाकाली नदीमा बगाएको १८ दिन बित्दा समेत सरकार नबोलेकोमा आपत्ति जनाउनुभयो । सरकारले समिति बनाएर १० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने भनेको भए पनि हालसम्म प्रतिवेदन सार्वजनिक नगरेको उहाँले बताउनुभयो ।
घटनामा भारतले संलग्नता छैन भनेर भन्दा पनि नेपाल सरकार बोल्न नसकेको उहाँले बताउनुभयो । ‘संसारले देख्ने गरी भएको यो जघन्य अपराधमा अपराध हो भनेर चर्को स्वरमा मेरो सरकार किन भन्न सक्दैन, मेरो देशका प्रधानमन्त्री भारतका प्रधानमन्त्रीलाई आँखामा आँखा जुधाएर यो अपराधमा कारबाही गर भनेर कहिले भन्न सक्नु हुन्छ, त्यसैले यस्तै बेला केपी ओलीको याद आउँछ, वी मिस यू केपी ओली भनेर’, उहाँले भन्नुभयो ।
उहाँले अफगानिस्तानमा बिचल्लिमा परेका नेपालीलाई तत्काल स्वदेश फर्काउन पहल गर्न पनि आग्रह गर्नुभयो । सरकारलाई इ–फाराम भरेर बस्ने होइन नेपाली जहाज पठाएर त्यहाँ रहेका नेपालीलाई फिर्ता ल्याउन उहाँले आग्रह गर्नुभया ।
