काठमाडाैं । प्रमुख प्रतिपक्षी सांसद् मनकुमारी जिसीले 'बा' बन्न धेरै गाह्राे रहेछ भन्ने कुरा वर्तमान सरकारका घटनाक्रमले पुष्टि गरेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् जिसीले उहाँले भन्नुभयाे -'केपी शर्मा ओलीलाई 'बा' भनियाे भनेर धेरैले टिकाटिप्पणी गर्नुहुन्थ्याे, 'बा' बन्नका लागि धेरै गाह्राे रहेछ भन्ने याे एक महिनाले देखाएकाे छ ।'
केपी ओली सरकारले विगतमा बा बनेर आपतमा परेका नेपालीकाे २४ घण्टाभित्र उद्धार गरेकाे मनकुमारीले स्मरण गराउनुभयाे । '२०७३ असार ६ मा काबुलमा भएकाे आत्मघाती बम विस्फाेटमा परेका नेपालीकाे उद्धारका लागि अर्काे दिन बिहानै जहाज पठाएर २४ घण्टाभित्र उद्धार गरेर ल्याइयाे, काेभिड महामारीका कारण चीनकाे बुहानमा अलपत्र परेका नेपालीलाई ल्याइयाे,आज अफगानिस्तानमा नेपालीहरु राेइरहेका बेला सरकार किन चुप छ ।'
