काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका विषयमा प्रतिनिधि सभाकाे ध्यानाकर्षण भएको बताउनु भएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे सुरुमै एमालेले अफगानिस्तानमा रहेका नेपालीकाे तत्काल उद्धार गर्न सरकारकाे ध्यानाकर्षण गराएलगत्तै सभामुखले त्यसमा आफ्नाे ध्यानाकर्षण भएकाे बताउनुभयाे ।
अफगानिस्तानमा रहेका नेपाली नागरिक सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र उनीहरुको बारेमा सदनमा यथार्थ जानकारी गराउन सभामुखले सरकारलाई निर्देशन दिनुभयाे ।
