काठमाडौं । प्रतिनिधि सभा सदस्य भीम रावलले वेलायतमा आमरण अनसनमा बसेका भूतपूर्व गोर्खा सैनिकको जीवन रक्षाको माग गर्नुभएको छ ।
उहाँहरु आमरण अनसनमा बस्नुभएको १० दिन भएको बताउँदै त्यसमा नेपाल सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो । वृटिस गोरखाले समान सुविधा माग गरी गरेको आन्दोलनको हालसम्म सुनुवाइ नभएको भन्दै रावलले विरोध जनाउनुभयो ।
आपसी सम्झौता विपरित गोर्खा सिपाहीलाई अहिले पनि भाडाका सिपाईँको व्यवहार गरिएको उहाँले बताउनुभयो । नेपाली गोर्खा सैनिकको त्याग र बलिदानको सम्मान गर्नुको सट्टा उल्टै भेदभाव गरेको उहाँको भनाइ छ । ‘भूतपूर्व गोर्खाको समस्या समाधान गर्नु अत्यन्त आवश्यक छ’, रावलले भन्नुभयो ।
