काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेको छ ।
मन्त्रिपरिषद्काे सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट संसद् अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधि सभामा पढेर सुनाउनु भएकाे हाे । अधिवेशन आज राति आजै राति १२ बजेदेखि अन्त्य भएको सभामुखले जानकारी दिनुभयाे ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे । साेही अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्य गर्नुभएकाे हाे । साउन ३ गते सुरु भएको प्रतिनिधि सभाको अधिवेशन २९ दिन चलेकाे सभामुखले जानकारी दिनुभयाे ।
केपी ओली सरकारले प्रतिनिधि सभा विघटन गर्याे भनेर विराेध गर्ने कांग्रेससहितकाे गठबन्धनले आफूहरु सरकारमा पुगेपछि एक महिनामै अधिवेशन अन्त्य गरेकाे छ ।अधिवेशन अन्त्य गरेर एमाले फुटाउने अध्यादेश ल्याउने सरकारकाे तयारी छ । नेकपा एमालेले यसकाे विराेध गरेकाे छ ।
