काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।
पार्टीले कारबाहीका लागि सिफारिस गरिएका सांसद्द्धय अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले आज पनि प्रदेश सभा बैठक अवरुद्ध गरेकाे हाे ।
बुधबार प्रदेश सभा बैठक सुरु हुनासाथ एमाले सांसद् हरि रिजालले अजय र विमलालाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने बताउनुभयाे । लगत्तै एमाले सांसद्हरु उठेर रोष्टम घेराउ गरेर केहीबेर नाराबाजी समेत गरे । सभामुख निष्पक्ष नबनेकाे एमालेकाे आराेप छ ।
