काठमाडौं । लुम्बिनी प्रदेश सभा बैठक आज बस्दैछ ।
प्रदेश सभाकाे नवाैं अधिवेशनकाे तेस्राे बैठक बुटवलस्थित प्रदेश सभा भवनमा दिउँसाे १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएकाे छ । भदौ ३ गते बाेलाइएकाे बैठक स्थगित गरी आजका लागि सारिएकाे थियाे ।
कारबाहीमा परेका दुई सांसद्लाई प्रदेश सभाले पदमुक्त नगर्दा बैठक निरन्तर अवरुद्ध भइरहेको छ । आफूले निष्कासित गरेका सांसद्धय अजय शाही र विमला वलीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरुद्ध गरेकाे हाे ।
पार्टीकाे ह्वीप उल्लंघन गरेकेा भन्दै शाही र वलीलाई पदमुक्त गर्न एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र पठाएकाे थियाे । तर प्रदेश सभा सचिवालयले आइतबार पत्रकाे जवाफ दिँदै दुबै जनालाई कारबाही गर्न नसकिने बताएकाे छ । लगत्तै एमालेले पत्रकार सम्मेलन गरेर सदन चल्न नदिने घाेषणा गरेकाे थियाे । साेही कारण एमालेले आजकाे बैठक पनि अवरुद्ध गर्न सक्ने बताइएकाे छ ।
