काठमाडाैं । दुई सांसद्लाई पदमुक्त नगरेसम्म नेकपा एमालेले लुम्बिनी प्रदेश सभा बैठक चल्न नदिने भएकाे छ ।
अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले साेमबार पनि प्रदेश सभा बैठक अवरुद्ध गरेकाे छ । दुई सांसद्लाई पदमुक्त नगरेसम्म सदन चल्न नदिइने एमालेले जनाएकाे छ ।
एमाले सांसद्हरुले बैठक सुरु हुनासाथ राेष्टम घेराउ गरेर नारा लगाएका थिए । सांसद्हरुले हाम्रो माग पूरा गर, दलीय मर्यादा कायम गर, लाेकतन्त्र जिन्दावाद लगायत नारा लगाएका थिए । त्यसपछि बैठक साढे २ बजे सम्मका लागि स्थगित भएकाे छ ।
