काठमाडाैं । लुम्बिनी प्रदेश सभा बैठक पुनः सुरु भएको छ ।
प्रमुख प्रतिपक्षीकाे अवराेधपछि केहीबेर स्थगित गरिएको बैठक पुन: सुरु भएको हो । बैठकमा गठनन्धन सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्नुभएकाे छ ।
बैठकमा प्रमुख प्रतिपक्षी एमाले सहभागी भएकाे छैन । सूर्य चिन्हबाट निर्वाचित सांसद्द्धय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेकाे भन्दै एमालेले बैठक बहिष्कार गरेको हो ।
माओवादी केन्द्र संसदीय दलका नेता केसी साउन २७ गते मुख्यमन्त्री बन्नुभएकाे थियाे । माओवादीसहित नेपाली कांग्रेस, जसपा,राष्ट्रिय जनमाेर्चा लगायत दल र सूर्य चिन्हबाट चुनाव जितेका गरी ४२ प्रदेश सभा सदस्यको समर्थन केसी मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
